ताजा अपडेट

कविता : तम्रो गणतन्त्र !

-आनन्द श्रेष्ठ

तस्बिर: आनन्द श्रेष्ठको फेसबुकबाट

मैले दु:खले आर्ज्याको मुलुक
पहिलो पटक
टुक्रा-टु्क्रा बाईसे चौबिसे राज्यलाई
संघियतामा लगी एकिकरण गरी बनाएको सिङ्गो नेपाल
अर्धसिल्ली,अर्धविद्वानहरू रअर्धशिक्षित भनाउँदाहरूले
सोझासाझा नेपाली जनताको आँखामा
बेसार महँगो हुने भएकोले
काठको धुलो हालेर
स-साना राज्य मिलेर बन्नु नै
संघिय राज्य बन्नु हो भन्ने बिर्साएर
जात-जातमा देश टुक्रिनु नै संघियता हो
भन्ने पाठ पढाएर, देश टुक्र्याउन
जातियता र संघियताको नारा घोकाएको
तम्रो गणतन्त्रलाई
ई ! मैले मेरो माझी औंला देखाएको छु ।

तीन सय पैंसट्ठीमा
एक चौथाई सार्वजनिक बिदामा
एक चौथाई बन्द र हडतालमा बिताउने

घाम उदाउने देशमा उज्यालो मन नपराउने
बाटो बढार्न पुग्ने देशमा काकाकुल हुनु पर्ने
वैकल्पिक उपायको अवलम्बन नै नगरी
जनताको घर भत्काउने
तमीले बनाएको अनुशासनहीन तम्रो कर्मचारीतन्त्र !

तम्रो गणतन्त्रलाई
ई….. ! मैले मेरो माझी औंला देखाएको छु ,

कुनै राजाको नाममा अरूले बनाईदिएको महललाई
तमीले संविधान सभा भवन र
संसद भवनको नाम दिनु बाहेक
के नै नयाँ बनायौ र !
भएकालाई भत्काउनु नै विकास हो भन्ने
तम्रो गणतन्त्रलाई
ई….. ! मैले मेरो माझी औंला देखाएको छु ,

तम्रो डर र करकापमा
किताब च्याप्न छाडी बन्दुक समाएकाहरू
अरबको बालुवामा सुन खोज्न हिड्नु

तमी अरबौंको महलमा बस्नु
साईकल चढ्ने पैदल हिड्नु पर्ने

पैदल हिड्नेहरू हेलिकप्टरमा सवार हुने
गणतन्त्रको परिभाषा हो भने
तम्रो गणतन्त्रलाई
ई….. ! मैले मेरो माझी औंला देखाएको छु ,

तीन करोड जनतामा
६०१ भन्दामाथि उठ्न नसकेको
७५ जिल्लामा काठमाण्डौं उपत्यका
र उपत्यकाको पनि संसद भवन छोड्न नसकेको,
किसान दिनहुँ मरिरहेको,
शिक्षित बेरोजगार दिनुहुँ विदेशिनु परेको,
व्यापारी चन्दा आतंकबाटै तर्सिनु परेको,
मामाको धन फुपुको श्राद्ध गर्न पल्केकाहरूको
दिनहुँ रजाइँ चलिरहेको,
आफ्नो घर भत्काउन आउनेलाई
प्रजातन्त्र र गणतन्त्रको परिभाषा दिएर
त्यस्ताको शीरमुण्डन गर्न छाडी
स्वतन्त्र हिड्न दिने
तम्रो गणतन्त्रलाई
ई….. ! मैले मेरो माझी औंला देखाएको छु ,

तमीले बनाएको कार्यकर्ताले
तमीलाई सार्वजनिक स्थलमै
थप्पड पनि लगाए, जुत्ता पनि बर्साए
असन्तुष्टिको शिखर यति अग्लि सकेको छ कि
यो भत्केर एकदिन तमीलाई पुर्नेछ,

मैले तिखारेको सेनाको डफ्फाले
देश फुटाउने तम्रो आदेश इन्कार गरेर
तमीतिरै बन्दुक तेर्स्याएको दिन
तमीले बनाएको
गणतान्त्रिक स्वतन्त्रताको
सही उपयोग हुने छ
मैले तिखारेको मेरो सेनाको
सही उपयोग हुनेछ,

बचाए बचाऊ
यो तम्रै नेपाल हो
मैले एकपटक बनाएर छाडेको छु ।

(यो कविता आनन्द श्रेष्ठको फेसबुकबाट साभार गरिएको हो)

 

x

Check Also

समाज नजागे सम्म बालविवाह रोक्न कठिन

माघ ४ गते काठमाडौँ : स्वास्थ्य सर्वेक्षणले अझै पनि ४१% विवाह बालविवाह हुने गरेको देखाएको छ ।  कानुनतः अपराध भनिने भए पनि बालबिवाहले अझै निरन्तरता ...