ताजा अपडेट

जापानको टोकियोमा एक नेपालीद्वारा आत्महत्या

जापानको टोकियोमा सोमबार एक नेपालीले आत्महत्या गरेका छन्। अध्ययनका लागि २ वर्ष अघि जापान एक नेपाली युवाले सोमवार साँझ  झुण्डिएर आत्महत्या गरेका हुन्।

काठमाडौं पकनाजोल घर भई हाल टोकियो च्योउदा वार्डमा वस्ने ३२ वर्षिय जोन लामाले हाल बस्दै आएको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन। सोमवार साँझ ६ बजे झुण्डिएको अवस्थामा फेला परेका लामालाई तत्काल अस्पताल पुरयाए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

जापानबाट ज्याक खड्काले जनाएका छन् |दुई वर्ष अघि मात्र जापान आएका लामाको आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ।

२५ पुष २०७३

x

Check Also

नेपाली नेपालीहरु बिचको भाईचारा, सद्भाव तथा स्वास्थ्यका लागी इजरायलमा फुटवल प्रतियोगिता हुदै

“नेपाली नेपालीहरु बिचको भाईचारा, सद्भाव तथा स्वास्थ्यका लागी फुटवल” भन्ने मुल नाराका साथ इजरायलमा फेरी एकपटक भब्य फुटवल प्रतियोगिताको आयोजना हुने भएको छ । भर्खरैमात्र ...