ताजा अपडेट

१२ महिनामा संयुक्त अरब इमिरेट्स ६६ जना नेपालीको मृत्यु

सन् २०१६ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका ६६ जना नेपालीको ज्यान गएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ६० जना पुरुष र ६ जना महिला छन् । अघिल्लो तीन वर्षमा क्रमश: ६४ (०१५), ६३ (०१४), र ७८ (०१३) जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १९ देखि ४१ बर्ष उमेर समूहका छन् ।

दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार हृदयाघात भई सबैभन्दा बढी नेपालीको ज्यान गएको छ । हृदयाघात (२२), रोग (८), मादक पदार्थ सेवन (५), आत्महत्या (११ ), सडक दुर्घटना (८), डुबेर (४),  कार्यक्षेत्र (३), हत्या (३) र अन्य (२) कारणले ज्यान गएको छ ।

अर्यालले कामदारहरूमा सचेतनासम्बन्धी जानकारी गराउन सकेमा मृत्युदर घटाउन सकिने बताए । ‘हाम्रो मुख्य समस्या हृदयाघात हो । दोस्रो आत्महत्या र सडक दुर्घटना हो,’ उनले भने,‘हामीले कामदारलाई बेलाबेला परामर्श दिन जरुरी छ ।’

गैरआवासीय नेपाली संघ, यूएईका अध्यक्ष सुदीप कार्कीले यूएई आउनुअघि कामदारको स्वास्थ्य परीक्षणमा बिशेष जोड दिनुपर्ने बताए । ‘खानपान र बसोबासमा ध्यान दिनुपर्छ । नेपालबाट मुटु परीक्षण गराई आएमा र मानसिक तनाव घटाउन सके धेरै जनाको ज्यान जोगिने सम्भावना छ,’ उनले भने ।

कान्तिपुर

२१ पुष २०७३

x

Check Also

नेपाली नेपालीहरु बिचको भाईचारा, सद्भाव तथा स्वास्थ्यका लागी इजरायलमा फुटवल प्रतियोगिता हुदै

“नेपाली नेपालीहरु बिचको भाईचारा, सद्भाव तथा स्वास्थ्यका लागी फुटवल” भन्ने मुल नाराका साथ इजरायलमा फेरी एकपटक भब्य फुटवल प्रतियोगिताको आयोजना हुने भएको छ । भर्खरैमात्र ...