ताजा अपडेट

इजरायलमा महान पर्व नयाँ बर्ष च्यह ल्होछार २०७३ भव्य रुपले सम्पन्न ( फोटो/भिडियो)

नेपाली  तमुहरुको महान पर्व एवम् नयाँ बर्ष च्यह  ल्होछार  २०७३  इजरायलको तेल अभिवमा गत शुक्रबार ३० डिसेम्बर २०१६को दिन भब्यताको साथ सम्पन्न भएको छ | नेपालको आफ्नै जातीय  मौलिक धर्म ,संस्कृति ,भेषभुषा , भाषा ,परम्परा जोगाउको लागि स्थापित तमु समाज इजरायलको आयोजनमा भएको सो समारोहको प्रमुख अथितिमा नेपाली दुतावासका द्वतीय सचिब आस्था सुब्बा राई र विशिष्ट अथितीमा नेपालबाट आएका सामान्य प्रशासन मन्त्रि केशवकुमार बुढाथोकी रहेका थिए |

बिशेष अतिथिहरुमा  आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष निर्मला गुरूङ , एनआरएनए इजरायलका अध्यक्ष दिपक ओली ,अतिथिहरुमा इजरायलस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु र मिडियाकर्मीहरु रहेका थिए |

तमु समाज इज्रयाला अधक्ष्य डिककुमार गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन समाजका सदस्यद्वय सानु गुरुङ र डम्बर गुरुङले गरेका थिए | ल्होछार  कार्यक्रमकि संयोजकमा  आशामाया गुरुंग रहेकी थिइन् |

आउने अथितिहरुलाई समाजका सदस्य बिष्णु गुरुङले स्वागत मन्तब्य मार्फत स्वागत गरेका थिए भने तमु समाजको गतिविधिबारे हरि माया गुरुङले प्रकाश पारेकी थिईन |

प्रमुख अथिति आस्था सुब्बा राई ,विशिष्ट अथिति मन्त्रि बुढाथोकीले आआफ्नु शुभकामना मन्तब्य दिदै मौलिक संस्कृति जोगाउन सबैले पहल गर्नु पर्ने विचार राखेका थिए |

यस्तै सो ल्होसार कार्यक्रम इजरायलमा भएका अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले पनि ल्होछारको शुभकामना मन्तब्य राखेका थिए | 

ल्होछा को शुभकामना आदन प्रदान गर्नुका साथै सांगीतिक मनोरन्जन र रात्रिभोज संगै हर्ष उल्लासका साथ ल्होछार  पर्ब २०७३ सम्पन्न भएको थियो |

भिडियोहरु




१९ पुष २०७३

x

Check Also

ट्रंपले नेपालीलाई मात्रै खेदाउने भन्ने समाचारप्रति अमेरिकिवासी नेपाली आक्रोशित

कतिपय अनलाइनहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालीलाई नेपाल फिर्ताजान भनेको, स्थायी रुपमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि अप्ठ्यारो अवस्था आएको, कागजपत्रबिहिन नेपालीलाई एकसाथ डिपोर्ट ...