ताजा अपडेट

एमआरआरले “राष्ट्र र राष्ट्रियताको प्रतिक ढाका टोपिलाई बिश्वभरि चिनाऔ” भन्दै टोपि दिवस मनायो

-दिपेश पोख्रेल

समाजिक संजाल फेसबुक मार्फत नेपाल लगायत संसारका अन्य अठार देशमा समाजिक कार्यमा सक्रिय युवाहरुको समूह (Men’s Room Reloded) एम.आर.आर. द्वारा “राष्ट्र र राष्ट्रियताको प्रतिक ढाका टोपिलाई बिश्वभरि चिनाऔ” भन्ने नाराका साथ अंग्रेजी नया बर्षको जनवरी १ तारिखका दिन चोथौ अन्तराष्ट्रिय ढाका टोपि दिवस, सम्पूर्ण नेपाली दाजुभाईहरु बिच आपसि सद्धभाव र भाईचारा अभिबृद्दि गराउने उदेश्यले एकआपसमा टाका टोपि लगाई, नयाबर्षको शुभकामना आदन प्रदान गर्दै टोकियो शहरको सिनओओकुबुकोमा एम.आर.आर. जापानको आयोजकत्वमा भब्य कार्यक्रमको आयोजना गरि सुसम्पन्न गरियो।

कार्यक्रमको प्रमुख आतिथि,नेपाल-जापानको सम्बन्धमा उल्लेखिय भूमिका निर्बाहा गर्दै आउनु भएका सक्रिय सामाजिक ब्यक्तित्तव जिज्ञान कुमार थापा ज्यूले गनुभएको थियो। त्यसै गरि बिशेष अतिथीमा नेपाल र नेपालीलाई माया गर्नुहुने आदरणिय ब्यक्तित्व जापानी नागरीक ‘हारुहितो नोजु’,कार्यक्रमको सभापतित्व अरुण पुरी,अतिथीहरुमा समाजसेवि एवम युवा ब्यबसायी पुष्कर जंग थापा,समाजिक ब्यक्तित्व सरोज कुमार खत्रि, डाक्टर बिजय ज्ञवाली, चेतन पौडेल, राजु तिवारी लगायत, बिभिन्न संघ संस्थाका ब्यक्तित्वहरुको उपस्थिती थियो। बिहानको १० बजेबाट आयोजना गरिएको उक्त कार्यक्रम मध्यान्नको ठिक १२ बजेसम्म आयोजना गरिएको थियो। कार्यक्रमको संचालन यसै ग्रुपका सक्रिय सदस्य समिर खनाले गरेका थिए भने दिपक ढुंगेलले स्वागत मन्तब्य राखेका थिए।
त्यसै गरि अन्य बक्ताहरुमा दिलिप बाबु शिवा र मनिष बज्राचार्यले पनि आफ्नो मन्तब्य राखेका थिए।
कार्यक्रममा सुरज खड्काको सम्योजनमा एम.आर.आर. जापन द्वारा आयोजित “सेल्फि विथ ढाकाटोपि फोटोसेशन” प्रतियोगिताका बिजयिहरुलाई प्रमुख अतिथि द्वारा पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो।
गोरेटो प्रोडक्सन र JRF रेमिटले उक्त कार्यक्रमको प्रायोजन गरेका थिए।

त्यस अलाबा गिरिजा गैर,प्रमोद दाहाल,सन्जय सिके आदिले आफ्नो कबिता, गित तथा कला प्रदर्शन गरेर उपस्थित सहभागिहरुलाई मनोरन्जन दिलाएका थिए।
पूर्बनिर्धारित समय अनुसार कार्यक्रम ठिक १२ बजे समापन गरिएकोमा जापनिज नागरिक द्वारा समेत कार्यक्रम आयोजकको मुखारबिन्दुबाट प्रशंसा गर्दै जापानमा आयोजित नेपालीहरुको कार्यक्रम मध्ये समयको सहि पालना गरिएको पहिलो कार्यक्रम भएको दाबि समेत गरेका थिए।
१७ पुष २०७३

x

Check Also

हिन्दु राष्ट्रको लागि हिन्दु जागरण इजरायलले मन्त्रि बुढाथोकीलाई ज्ञापनपत्र बुझायो (भिडियो)

इजरायल भ्रमणमा रहेका नेपाल सरकारका सामान्य प्रशासन मन्त्रि केशव बुढाथोकीलाई ३० डिसेम्बर २०१६को दिन संबिधान संसोधन मार्फत नेपाललाई हिन्दु राष्ट्र कायम गर्न र त्यसको लागि ...