ताजा अपडेट

सकारात्मक कुराको अालोचना नगरोै

हरि थापा

कुनै पनि विषयको अालोचना मात्र त्यसको समाधान होईन हरेक कुरालाई अालोचना मात्र गरेर हुदैन प्रोप्साहन पनि गर्न जान्नु पर्छ राम्रो कामलाई राम्रो भन्न सके मात्र थप उर्जा मिल्न सक्छ र काम गर्नेहरुको मनोबल बढ्छ र अझ उतकृष्ट प्रभावकारी कार्यन्वयन हुन सक्छ ।

अाजको दिनमा चालिस लाख भन्दा बढि युवायुववती बाध्यतावस अवसरको खोजिमा भोैतारिदै परदेश पुगेका छन ।यसमा एउटा अत्यन्तै दुख लनग्ने कुरा गनतन्त्र लोकतन्त्र भन्दैमा असभ्य अभिव्यक्ति दिन पाउन नहुने हो गनतन्त्र भन्दैमा अरुलाई घोच्ने मानवता माथि दखल हुने किसिमको नकरात्मक प्रतिवाद गर्नु ठिक हैन ।

यहाँ केहि सभ्य मानिसहरुले संञ्जालमा दिएका अभिब्यक्तिले मन चट्क चिरिएको छ केहि समयको लागि विदेश जादैमा राष्ट्रवाद नै हराउछ भन्ने पृथक सोच हुने महानुभाव माहिम ब्यक्तिहरु जो स्वदेशमा रहदैमा राष्टप्रेमी राष्टवादि भन्ने हरुको लागि केहि तिता शब्दहरुको टक्र्याएको छु ।

सञ्जालको केहि अभिब्यक्तिलाई अाधार मानी खण्डन गरेको प्रतिवाद देख्दा एक छिन म रनभुलमा परे र मोैन हुदै सोच्न बाध्य भए।स्वदेशिहरुले विदेशि युवाहरुलाई त एउटा अपराधिको रुपमा लिदा रहेछन भन्ने लाग्यो त्यसको प्रतिवाद गर्ने हिम्मत गरिन् ।

हिजो सम्म मनमा लागेको राम्रा नराम्रा जायज नाजायज हरेक भाषा प्रयोग गरि हल्ला मच्चाउदै सडक बाल्दै उफ्रदा चुप बस्नेहरु अाज एका एक विदेश गएर राष्ट्रवाद भएछस् भन्न पछि परेका छैनन् ।

विवेकशिल,प्रतिभावान अाफुलाई नै सर्वश्व राष्टवादि वुद्दिजिवि भन्नेहरुका यस्ता तार्किक अारोपले साचिकै भित्र भित्र घोचीरहेको छ त्यसो त विदेशगएपछि जायज कुरामा खबरदारी पनि गर्ने नपाउने ? अाफ्नो अनुभव, भोगाई र सत्यतथ्य विचार पनि राख्न नपाउने ?कस्तो गनतन्त्र हो यो? गनतन्त्र कसैको विर्ता होईन स्वतन्त्र ढङ्गले पस्ट विचार राख्न जो कोहि पनि स्वतन्त्रता तर विचार राख्न पाई भन्दैमा ब्यक्ति विशेषको अधिकार हनन् हुने गरि राख्न पाईदैन सभ्य तरिकाले स्पष्ट भाषामा भने पकै पनि कसैले रोक्दैन, यदि कसैले राष्टवादि भनेर खिल्ली उडाउछ् भने कुनै फरक पर्दैन हो हामी राष्टको उन्नती प्रगती लाई बढि जोड दिन्छ‍ोै राष्टको ईज्जत नै हाम्रो ईज्जत हो नेपाल नै नरहे हामी कहाँ रहुला ?

मन देखि मोैन भएर सोच्ने हो भने वास्तवमा विश्वका कुना कुनामा छरिएर रहेका बाध्यता अथवा अबसरको खोजिमा विदेशिएका युवायुवतीहरु अाफ्नो मातृभुमी प्रति अत्यन्तै बफादारी,उत्तरदायी हुनुको साथै अाफुले अाफ्नो देशप्रति गर्न सक्ने खेल्न सक्ने भुमिका र दावित्व केहो भन्ने कुरा स्पष्ट रुपमा बुझेका छन र गर्ने पर्ने दायित्वको बोध गरेका छन ।

दुखले पिडाले विदेशिएका ब्यक्तिहरुले अधिकारको नाममा अागो बालेका छैनन, विरामी बोक्ने एम्बुलेन्स बाटोमा विरामी सहित तोडफोड गरेका छैनन,जिउदै प्रहरी जलाउने कुख्यात काम गरेका छैनन्,विधार्थि चढेका बस अागो लाएको छैनन दुख परेका बेला कसैले हारगुहार गर्छ भने पसिना निकालेर दुखले अार्जेका केहि रकम राहतस्वरुप विभिन्न संगठन मार्फत हातेमालो गर्दै सहयोग जुटाएका छन केहि ब्यक्तिगत रुपमा पठाएका छन त केहि सामुहिक रुपमा सहयोगी हात अगाडी बढेका छन विभिन्न कार्यक्रम मार्फत अार्थिक सहयोग जुटाउदै देशमा भएका भयानक दुर्घटना प्रकृतिक प्रकोपका बेला अरु कुनै पनि वेला योजनावद्द कसैले सामाजिक कार्य गर्न लागेको छ भने त्यस्ता काममा पनि धेरै सहयोग गर्दै अाएका छन त्यसो भए यो राष्ट्रवाद होईन?

जसले दुखमा दुख दिएको छ मलम को साटो ढुङ्गा प्रहार गरेको छ अान्दोलन भन्दै लुटेका छन राहतको नाममा भ्रष्टचार गरेका छन धनजनको क्षति गरेका छन अनि स्वदेश छु भन्दैमा तिनिहरुले बकवास राष्टवादको कुरा गर्न मिल्छ?

जसले परदेशको भुमिमा पसिना बगाएर सहयोग वापत पठाएको केहि रकम पिडीत सामु पुर्याईयोस भनेर खबरदारी गर्दो अहो! राष्टवाद भन्ने हरुमा मानव सभ्यता भन्ने कुरा हराई सकेको हो ? कसैको पुच्छर बनेर देशको गाथा गाउदैमा कहाँ देशले मुहार फेर्छर?
देशको मुहार फेराउन लाई कडा परिश्रम मेहनत योजना सिप हुनु पर्छ गाथा गाउदैमा केहि समबन्धित ब्यक्तिहरुलाई केहि मनोरञ्जन प्रात्त होला यधपि त्यसले केहि परिवर्तन हुदैन ।

हरेक ब्यक्ति त्यसै विदेशिएका छैनन भिजन लिएर नै गएका छन एउटा सपना बोकेर गएका छन मेहनत गरि केहि सिप र केहि अार्थिक सुधार ल्याउने हेतुले अबसरको खोजिमा भोैतारिदै पुगेका हुन्छन योजना हुने तर अवसर बाट बञ्चित भएकन ब्यक्तिहरु मात्र विदेशिएका छन ।

अात्मासाथ गरेर भन्नु पर्दा विदेशमा रहेका हरुले सिस्टम तरिका सिक्दै सुख के हो दुख के हो भन्ने राम्रो संग अनुभव गरेका छन त्यो दुख बुझेर अब अाउने नयाँ पुस्ताहरु लाई अाउनु दिनु हुदैन अब विदेशको सिपहरु तरिका नेपालमा नै कुनै उत्पादन मुलक क्षत्रमा प्रयोग गर्नुपर्छ स्वदेशमा नै रोजगारको ब्यबस्था गरि विदेशिने प्रकृया न्युनिकरण गर्दै जानु पर्छ जानेका अनुभव गरेका भोगेका केहि कुरालाई सञ्जाल मार्फत समबन्धित निकाय सम्म पुर्याउन खबरदारी गर्न खोज्दा दिनदिनै सडक जलाएर गरि खानेहरुलाइ अवरोध पुर्याउदै हिड्ने फुस्रा अादर्श अाश्वसन दिदै हिड्ने र स्वदेशमा बसेको कुराले गर्व गर्दै राष्टवादि हु भन्ने ब्यक्तिलाई किन ज्वरो अाउछ।

अच्चमै हुने कुरा हावादारी फटाह गफ गर्दै लक्ष्य विना हिडेका माहिम नेताको पुच्छर अाफुलाई गर्व गर्ने हरु कम छैनन् के राजनिति गरेका छन जनता मारेर के का लागि राजनिति गरेका छन गरिवको नाममा राजनिति गर्ने लाई कसरी कुन शब्दले सम्झाउने ईतिहासमा नै नभएका क्रुर ब्यक्तिहरु जन्मन पुगेछन हरेक कुराको नकरात्क खोज्दै हिड्ने पटमुर्खा हरुले के बुझेका होलान राष्टियताको बारेमा?

समयअनुकुल नहुनाले धेरै प्रतिभाशाली प्रतिभावान ब्यक्तिहरु अन्धकारबाट मुक्त
हुन सुनोैलो भविष्यको खोजि गर्दै योजनाबद्द रुपमा विदेश हान्निएका छन अब विदेशिए भन्दैमा अारोप प्रत्यारोप गर्दै अब नेपालीपन हराईहाल्छ भन्ने महानुभावहरुले किन बुझ्दैनन्
सकरात्मक दृष्टिकोणले सोच्ने हो भने कुनै योग्य ब्यक्ति विदेश जानुले रेमिटान्स राम्रै भित्रिन सक्छ फाईदाको कुरा हो तर त्यसलाई सहि ठाउमा प्रयोगमा ल्याउन नसक्नु ति नै राष्टवादि र सरकार साथै अन्य सरोकारवालाको बिषय हो नि त!

यदि रेमिटान्सको प्रभावकारी पारदर्शी सदुपयोग गर्ने हो भने पनि वेरोजगार न्युनिकरण गर्न सकिन्छ तर यहाँ युवाहरुको पसिना बालुवामा खन्याउने अनि राष्टवादको गाथा गाउने गर्छन यस्ता भावनामा बहकिएर मात्र कहाँ बन्न सक्छ देश सहि समयमा सहि ठाउमा ब्यबस्थापन गर्न सके मात्र वेरोजगार न्युनिकरण हुनुको साथै रातरात परिवर्तनको सास फेर्न सक्छ अनि मात्र जनताले त्यसको स्वाद चाख्न पाउछन यद्दपि फुस्रा अाश्वसन भ्रम फैलाएर दख दिनु भन्दा उत्पादन मुलक क्षेत्रमा लाग्नु यो समयको लागि लाभदायक हुन सक्छ।

यहाँ विदेशि संस्था वैदेशिक रोजगार गरिरहेका ब्यक्तिले देशप्रेम र देश प्रतिको उत्तरदायित्व स्वरुप केहि रकम जोगो गरेर हात थापेर केहि राहत पठाउदा पनि पिडितसामु पुर्याउनको साटो विचमा नै गायब गर्ने गर्छन भने को हुन सक्छ राष्टवादि?

भाषण गर्ने घुस खाने जनता सोझा साझा मार्ने राष्टवादि हो कि अाफ्नो एक छाक छाडी पिडितहरुका लागि दुखमा साथ दिने परदेशि युवाहरु राष्टवाद हुन ? यो त छर्लाङ्ग देखिने कुरा हो |

-दोलखा

१५ पुष २०७३

x

Check Also

वृहत रक्तदान कार्यक्रम गर्दै जननायक रामप्रसाद राईलाई सम्झियो

  ललितपुर । २००७ सालका प्रजातान्त्रिक योद्दा जननायक रामप्रसाद राईको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रामप्रसाद राई फाउण्डेशन नेपालको आयोजनामा फाल्गुण ७ गते ...